नेपालमा अक्सफोर्डको कोरोना भ्याक्सिनको मूल्य ३६० रुपैयाँ ! | Khabarhub Khabarhub

नेपालमा अक्सफोर्डको कोरोना भ्याक्सिनको मूल्य ३६० रुपैयाँ !

बिल गेट्सले घटाइदिए मूल्य


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उक्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउने देशको सूचीमा पर्छ ।

यद्यपि सिरमले आफूले घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन अमेरिकाका अर्बपति बिल गेट्सको संस्थाले सहयोग गरेको हो ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको घाटा पूर्ति गर्नेछ ।

आफ्नो घाटा पूर्ति भएपछि सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउनेछ । यो सस्तो मूल्य कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुको लागि हो र गाभीको यी ९२ देशको सूचीमा नेपाल पनि समावेश छ । सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको छ ।

सिरम इन्स्टिच्युटका सीइओ अदर पूनावालाले भनेका छन् ‘भाइरसको व्यापक प्रसारले पूरै विश्वलाई अनिश्चिततामा पारेको छ । पूरै विश्वमा खोप अभियान चलाउन र महामारी रोक्नको लागि विश्वका सबैभन्दा दूरदराज र गरिब देशहरुमा सस्तो उपचार र निवारक उपायमा पहुँच सम्भव होस् भन्ने सुनिश्चित गर्नु निकै महत्वपूर्ण छ ।

यो सहकार्यको माध्यमबाट हामीले यो भयानक संक्रमणबाट लाखौंको जीवन बचाउन आफ्ना निरन्तर प्रयासलाई पूरा गर्न चाहन्छौं । अक्सफोर्डको भ्याक्सिनले गत हप्ता भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : १७ बजे

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ