स्याङ्जामा २२ प्रहरीसहित ३० ले जिते कोरोना | Khabarhub Khabarhub

स्याङ्जामा २२ प्रहरीसहित ३० ले जिते कोरोना


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । जसमध्ये २२ जना प्रहरी कर्मचारी छन्।

यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए।

कोरोना मुक्त हुनेमा ३ र ४ वर्षे बालकसहित उनका अभिभावकले कोरोना जितेका हुन्।

उनीहरुको पीसीआर परिक्षणमा शुक्रबार साँझ नेगेटिभ देखिएपछि उनीहरुलाई शनिबार डिस्चार्ज गरिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्।

अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारका क्रममा छन्। स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : २६ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले