मुलुकका अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान « Khabarhub

मुलुकका अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान

६ जिल्लामा भारी वर्षपछि एसएमएस अलर्ट


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशहरुका केही स्थानहरुमा रातिदेखि नै वर्षा भईरहेको छ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

कैलाली, कञ्चनपुर र बर्दियाका धेरैजसो स्थानमा रातिदेखि ‘अति भारी’ वर्षा भएपछि ती जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई राति २ बजे नै एसएमएसमार्फत सूचना पठाउँदै सतर्क रहन आह्वान गरिएको छ ।

केन्द्रका अनुसार कैलालीको टीकापुर र आसपास डुवानको उच्च जोखिममा परेको छ भने कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत नदीमा बाढीको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर पूर्ण  बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेशका  एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

रातिदेखिको वर्षाको क्रम कम्तिमा भोलिसम्म कायमै रहने भएकाले  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ३० बजे

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर– आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको