पाकिस्तानविरूद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी « Khabarhub

पाकिस्तानविरूद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लिएको छ ।

म्यानचेस्टरमा शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले चौंथो दिनमै ७ विकेट गुमाएर पुरा गर्‍यो ।

इंग्ल्यान्डको जीतमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतकीय इनिङ्स खेले । दोस्रो इनिङ्समा उत्कृष्ट खेलेका वोक्स ८४ रनमा अविजित रहे । बट्लर ७५ रनमा आउट भए ।

यस्तै कप्तान जोय रुट ४२ रनमा आउट भए भने डम सिब्लीले ३६ रन बनाए । पाकिस्तानका यासिर शाहले ४ विकेट लिए । शाहिन शाह अफ्रिदी,मोहमम्द अब्बास र नासिम शाहले १/१ विकेट लिए ।

यसअघि दोस्रो इनिङ्समा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार साउथह्याम्पटनमा हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ३७ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र