लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ « Khabarhub

लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेको अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट छ जनालाई पक्राउ गरेको छ ।

खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताको घरमा लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ, १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ ।

बिक्री वितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : १६ बजे

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी