मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटियो « Khabarhub

मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटियो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य ‘टनेल’ भेटिएको छ ।

अमेरिकाको ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्ट (आईसीई)’ले अमेरिका छिर्न मेक्सिकोबाट गोप्य ‘टनेल’ को निर्माण भएको र उक्त टनेलमार्फत अवैध रूपमा मानिसहरू धमाधम अमेरिका छिरिरहेको पत्ता लगाएको हो।

आईसीईले सीमामा बनेको यो गुफाको जानकारी पाएपछि यसको अनुसन्धान जारी राखेको छ ।

गत शुक्रबार आईसीईले रिपोर्ट सार्वजनिक गर्दै भनेको थियो,  ‘जुलाई २७ मा युमास्थित सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा यसको जानकारी प्राप्त भएको थियो, अहिले बृहत अध्ययन भइरहेको छ।’

टनेलबाट मानिसको ओसारपोसारसँगै अन्य तस्करी समेत भएको हुनसक्ने आशंका गरिएको छ ।

टनेल मेक्सिकोको सान लुइसबाट अमेरिकाको एरिजोनास्थित सान लुइस सीमासम्म रहेको बताइएको छ ।

अमेरिकाले उक्त टनेलका तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।

गत जनवरीमा पनि सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सुरक्षाकर्मीले दक्षिणपूर्वी सीमामा दुई देशबीच लामो अवैध टनेल फेला पारेका थिए।

मेक्सिकोहुँदै गैरकानुनी रूपमा मानिसहरु अमेरिका प्रवेश गर्न थालेपछि अमेरिकाले सीमा क्षेत्रमा पर्खाल नै लगाएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ३१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा