सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तसँग छैनन् परिवारका सदस्य « Khabarhub

सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तसँग छैनन् परिवारका सदस्य


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परे पनि उनको परिवार भने सँगै नभएको खुलेको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै शनिबारदेखि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भए पनि उनको परिवार भने दुबईमा छ ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका साथी फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।

सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरू भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेको अरोडाले बताएका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर