११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण | Khabarhub Khabarhub

११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना परिक्षण गरिएको छ ।

सोमबार पाटन अस्पतालमा ११ जना खेलाडी, २ जना अफिसियल र अन्य १२ जनाको कोरोना परीक्षण गरिएको हो ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको छनोटका बाँकी खेलका लागि बन्द प्रशिक्षण सुरु गर्नु अघि एन्फाले खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षण गरेको हो ।

‘अहिले २५ जनाको कोरोना जाँच सकिएको छ,’ टीम व्यवस्थापक मधुसुदन उपाध्यायले भने ।

एन्फाले आज र भोलि गरेर ७० जना हाराहारीको पाटन अस्पतालमा कोरोना परिक्षण गरिसक्ने बताएको छ ।

३४ जना खेलाडी, अफिसियल र अन्य स्टार्फसहित ७० जनाको कोरोना जाँच गर्ने तयारी गरेको छ ।

एन्फाले अभ्यास सुरु गर्न आफ्नो प्रोटोकल समेत सार्वजनिक गरिसकेको छ। जसमा खेलाडीले अभ्यासमा जानु अगाडि र अभ्यासबाट फर्किँदा ज्वरो नाप्नेदेखि खाना एक्लै बसेर खानुपर्नेसम्मका कुराहरु उल्लेख गरिएको छ ।

विश्वकप छनोट अन्तर्गतका खेल अक्टोबर ८ बाट सुरु हुने तय भएको छ । कुनै समस्या नभए नेपालले आफ्नै घरेलु मैदानमा चाइनीज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’मा रहेको नेपालले ५ खेल खेलिसक्दा ३ अंक मात्रै जोड्न सकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ०३ बजे

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको