नेपालगञ्जमा २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण « Khabarhub

नेपालगञ्जमा २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जमा दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले केही समयअघि आफ्नो फेसबुक पेजमार्फत २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका संक्रमितमा बाँकेका १५ जना, कैलालीका २ जना, दाङका एक जना, बर्दियाका एक जना र सल्यानका एक जना रहेका छन् ।

संक्रमित २ जना चिकित्सक नेपालगञ्ज मेडिकल कलेजका हुन् । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकसहित सर्वसाधारणको स्वाब संकलन गरी परीक्षण गर्दा  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमितहरु अस्पतालमा उपचारत बिरामी हुन् ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलित नमूनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आइतबार साँझ ३१५ जनाको कोरोना परीक्षणको रिपोर्ट आएकोमा २० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सेती प्रादेशिक असपतालमा गरिएको परीक्षणमा  कैलालीका २ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालले एक विज्ञप्ती मार्फत थप २ जनामा संक्रमण पुष्टि भएको जानकारी  दिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ४६ बजे

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष