झरनाले भनिन् – ‘यात्रा’ टिम किन जुध्न आयो, अचम्म लाग्छ « Khabarhub

झरनाले भनिन् – ‘यात्रा’ टिम किन जुध्न आयो, अचम्म लाग्छ


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ रिलिज हुँदैछन् । दुवै फिल्म यस वर्षका प्रतीक्षित फिल्म हुन् । फिल्मको चर्चा त एकातिर छ । अर्कातिर दुई फिल्म एकसाथ रिलिज हुने भएपछि नेपाली फिल्मका कोर दर्शकहरु दुःखी छन् । किनकि, दर्शक चाहन्छन् – सबै फिल्म चल्नुपर्छ । फिल्मले राम्रो व्यापार गर्नुपर्छ ।

यसैबीच फिल्म ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापाले आफूहरु फिल्म जुधाउन नआएको बरु ‘यात्रा’ टिम नै सोही मितिमा फिल्म जुधाउन आएको बताएकी छिन् । खबरहबसँग विशेष कुराकानी गर्दै निर्देशक थापाले ‘यात्रा’ फिल्मलाई पनि शुभकामना दिएकी छिन् ।

‘जुध्ने कुरामा हामीहरु आएको हैन, हामीले पहिले नै तय गरेको मितिमा उहाँहरु आउनुभएको हो,’ थापाले भनिन्, ‘फेरि उहाँहरु नयाँ मेकर पनि होइन, उहाँहरुले पनि किन यही मिति रोज्नुभयो, मलाई अचम्म लागिरहेको छ ।’

तस्वीर – आर्यन बिमली

साथै झरनाले यसरी फिल्म जुध्दा फिल्म क्षेत्रले पनि सबक सिक्ने धारणा राखेकी छिन् । ‘भोलिका दिनमा मेकरलाई पनि यो सबक हुन्छ, फिल्म ल्याएर जुधाउन नहुने रैछ भन्ने बुझ्नुहुन्छ ।’, झरनाले भनिन् ।

उनले आफूले ‘यात्रा’ टिमलाई रिलिज मिति सार्नका लागि आग्रह गर्दा उल्टो आफूहरुलाई रिलिज मितिमा हेरफेर गर्न भनेको बताइन् । ‘हामी पहिले यो मितिमा रिलिजका लागि आएका थियौँ, त्यसैले पनि हामीले सार्दा भागेजस्तो हुन्थ्यो, उहाँहरुले नजुधाउनुपर्ने हो, खै किन जुधाउनुभयो, अब दुवै फिल्म चलून्, शुभकामना दिन चाहन्छु ।’, उनले खबरहबसँग भनिन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको जोडी देखिनेछ । अनमोलका लागि यो सातौं फिल्म हो भने सुहानाले यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ४४ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’