काठमाडौं उपत्यकामा थपिए ४४ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ४४ कोरोना संक्रमित


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका ८ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

विध ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ३२ बजे

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न बिक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति,

तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको