मलेसियामा नेपाली श्रमिकलाई लक्षित कन्सुलर सेवा शिविर सञ्चालन गरिँदै « Khabarhub

मलेसियामा नेपाली श्रमिकलाई लक्षित कन्सुलर सेवा शिविर सञ्चालन गरिँदै


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियास्थित नेपाल राजदूतावासले नेपाली श्रमिकलाई लक्षित गरेर कन्सुलर सेवा शिविर सञ्चालन गर्न भएको छ ।

दूतावासले यसै हप्ता चैत ३० गतेदेखि ०७६ वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

दूतावासले मलेसियाको राजधानी क्वालालाम्पुरभन्दा बाहिरका शहरमा रहेका नेपाली कामदारहरुलाई सेवा दिन शिविरको आयोजना गर्न लागिएको जनाएको छ ।

राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्नका लागि शिविर सञ्चालन गरिएको दूतावासले जानकारी दिएको छ ।

शिविरमा कामदारले हाल भोगिरहेको समस्याका सुन्ने । कानुनी परामर्श दिने दूतावासले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

शिविर चैत ३० देखि असार २१ गतेसम्म

दूतावासले हाल जारी गरेको सूचना अनुसार चैत ३० गते क्लाङबाट शिविरको सुरुआत गरिने छ । त्यसपछि ०७६ वैशाख ७ गते क्लान्तानरतेराङगानुमा, १५ गते पहाङरक्यामरुन हाइल्याण्डमा, २२ गते बातुपाहतरजोहोरमा, २९ गते कोताकिनादालुरसाभामा शिविर आयोजना हुने छ ।

यस्तै, जेठ ५ गते इपो, १२ गते पेराकमा र जोहर वारु, जोहारमा, १८ गते अलो सेतार, केडामा, २६ गते पेनाङमा कार्यक्रम हुने छ । असार १ गते लङ्कावी, केडामा, ८ गते मिरि सारावाकमा, १५ गते मेलाकामा र २१ गते कुयान्तान, पाहाङमामा शिविर सञ्चालन गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  २ : ३६ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना