आईसीयूमा उपचाररत ६० वर्षे कोरोना संक्रमितको मृत्यु « Khabarhub

आईसीयूमा उपचाररत ६० वर्षे कोरोना संक्रमितको मृत्यु


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको छ । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। क्षयरोग पीडित उनको उपचारकै क्रममा गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि धनुषामा कोरोना समूदायस्तरमै फैलिएको अनुमान गर्न सकिने प्रजिअ भट्टराईले बताए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। उनको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गर्न बाँकी छ ।

मृतकको शव अस्पताल मै राखिएको छ । सुरक्षाकर्मीको टोलीले शवको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ४३ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा