नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न « Khabarhub

नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो ।

सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले बताए ।

फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बाँकी खेलका लागि एन्फाले अभ्यास सुरु गर्नु पहिले एन्फाले कोरोना जाँच गराएको हो ।

एन्फाले फागुनमा विश्वकप छनोटको अभ्यास सुरु गरेको थियो । तर, कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले खेल गतिविधि बन्द गर्न भनेपछि स्थगित भएको थियो । तर, अहिले एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरु गर्ने तयारी गरिरहेको छ । तर, १ गते नै अभ्यास सुरु हुनेमा भने आशंका छ ।


आज कोरोना जाँच गराएका खेलाडी

तेज तामाङ, विकेश कुथु, आशिस लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, विक्रम लामा, अमत तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठ ।

अफिसियल
मधुसुदन उपाध्याय टिम म्यानेजर
कृष्णभक्त मानन्धर
विकास मल्ल गोलकिपिङ कोच
विवेक सुवेदी मिडिया
युजल श्रेष्ठ मिडिया
राजु डंगोल ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : २३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि