भदाै ३१ गतेसम्म सीमा नाका बन्द, लामो दूरीका यातायात भदौ १६ देखि चल्ने « Khabarhub

भदाै ३१ गतेसम्म सीमा नाका बन्द, लामो दूरीका यातायात भदौ १६ देखि चल्ने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

यसअघि साउन ३२ सम्मका लागि सीमा नाका बन्द गरिएको थियो। सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ। यसअघि तोकिएका प्रवेश विन्दु घटाएर अब १० ठाउँबाट मात्र नेपाल प्रवेश गर्न दिने भएको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

यसैगरी सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्न दिने भनेको लामो दूरीका सार्वजनिक यातायात १६ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेकाले उक्त निर्णय गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यातायात व्यवसायीहरुसँगको समन्वयमा सरकारले भदौ १ देखि लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय यसअघि गरेको थियो।

उक्त निर्णयलाई अब भदौ १६ देखि मात्र कार्यान्वयनमा ल्याउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

यसैगरी सरकारले सामूहिक रुपमा हुने गतिविधीमाथि रोक लगाएको छ। अर्को निर्णय नहुँदासम्म त्यस्ता गतिविधी नगर्न/नगराउन निर्देशन दिएको हो।

यसैगरि शैक्षिक क्रियाकलाप, तालिम, खेलकुद प्रशिक्षणलगायत गतिविधि समेत अर्को निर्णय नहुँदासम्म नगर्न नगराउन पनि सरकारले निर्देशन दिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : २१ बजे

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ– आज २०८३ साल वैशाख ७ गते सोमबार। वैशाख शुक्ल