रूकुम घटनाका मृतकका परिवारलाई सरकारले १०–१० लाख दिने « Khabarhub

रूकुम घटनाका मृतकका परिवारलाई सरकारले १०–१० लाख दिने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा मारिएकाहरुको परिवारलाई सरकारले जनही १० लाखका दरले राहत दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

एक गैर दलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि कुटपिट हुँदा ६ जनाको हत्या भएको थियो।

सो काण्डमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो।

जाजरकोटका नवराज विक आफ्ना साथीहरुसहित रुकुमकी मल्ल थरकी युवतिलाई बेहका लागि लिन गएका थिए।

सो समूहमाथि रुकुममा कुटपिट भएको थियो। संसदीय छानविन समितिलेसमेत सो काण्ड जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेको थियो। घटनामा संलग्न भएको आरोपमा २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन्।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ४२ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त