रुसले विकास गर्‍यो संसारमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप « Khabarhub

रुसले विकास गर्‍यो संसारमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेका छन् ।

राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई कोरोनाको संक्रमण भएको र उक्त भ्याक्सिनले निको भएको बताएका छन् । यो खोप संक्रमितलाई प्रयोगका लागि स्वीकृति दिइएको हो ।

उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए । उनले भने, ‘मेरी छोरी कोरोना भाइरसबाट संक्रमित थिइन्, यो खोप लगाएपछि अहिले ठीक भइन् ।’

राष्ट्रपति पुटिनले संसारमा पहिलोपटक रसियामा नयाँ कोरोना भाइरसको भ्याक्सिन विकास गर्न सफल भएको खुशी व्यक्त गरे । ‘आज संसारमै पहिलोपटक रसियामा यो भाइरसको खोप पत्ता लगाएको घोषणा गरेका छौं,’ उनले भने ।

रसियाले केही समययता कोरोना भाइरसको खोप विकास गर्न मेहनत गरिरहेको थियो । अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ४९ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त