रुसले विकास गर्‍यो संसारमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप « Khabarhub

रुसले विकास गर्‍यो संसारमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेका छन् ।

राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई कोरोनाको संक्रमण भएको र उक्त भ्याक्सिनले निको भएको बताएका छन् । यो खोप संक्रमितलाई प्रयोगका लागि स्वीकृति दिइएको हो ।

उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए । उनले भने, ‘मेरी छोरी कोरोना भाइरसबाट संक्रमित थिइन्, यो खोप लगाएपछि अहिले ठीक भइन् ।’

राष्ट्रपति पुटिनले संसारमा पहिलोपटक रसियामा नयाँ कोरोना भाइरसको भ्याक्सिन विकास गर्न सफल भएको खुशी व्यक्त गरे । ‘आज संसारमै पहिलोपटक रसियामा यो भाइरसको खोप पत्ता लगाएको घोषणा गरेका छौं,’ उनले भने ।

रसियाले केही समययता कोरोना भाइरसको खोप विकास गर्न मेहनत गरिरहेको थियो । अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ४९ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली