इटहरीको मुक्तिधाम क्षेत्रमा धार्मिक पर्यटकीय सम्भावना : राष्ट्रपति | Khabarhub Khabarhub

इटहरीको मुक्तिधाम क्षेत्रमा धार्मिक पर्यटकीय सम्भावना : राष्ट्रपति


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– राष्ट्रपति विद्यादेवी भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि धार्मिक तथा साँस्कृतिक पक्षको विकास र जगेर्नामा जोड दिनुपर्ने बताएकी छिन् ।

सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना समेत गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन् ।

उनले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको यो क्षेत्रमा सुविधायुक्त सार्वजनिक यातायात, पर्यटकीय सुविधाका अन्य पूर्वाधारहरुको विकासमा पनि ध्यान दिन आग्रह गरेकी थिइन् ।

करिव ७ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितीका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्रि शेरधन राई, प्रदेश प्रमुख गोविन्द तुम्बाहागं, महिला बालबालिका मन्त्रि थममाया थापा मगर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डित लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ४१ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण