ब्राजिलमा एकै दिन ५४ हजार ९२३ संक्रमित थपिए « Khabarhub

ब्राजिलमा एकै दिन ५४ हजार ९२३ संक्रमित थपिए


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ । ब्राजिल अमेरिकापछि धेरै संक्रमित भएको देश हो ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।

संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।

हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०७ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको