भारतका कुख्यात डन विकास दुबेको कहानीमा वेब सिरिज बन्ने « Khabarhub

भारतका कुख्यात डन विकास दुबेको कहानीमा वेब सिरिज बन्ने


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका कुख्यात डन विकास दुबेमाथि वेब सिरिज बन्ने भएको छ । निर्देशक हंसल मेहताले यो सिरिज निर्देशन गर्ने भएका छन् ।

वेब सिरिज बनाउन यसको राइटस् खरिद गरिसकेको जनाइएको छ । सिरिजमा विकास दुबेको कहानी देखाइनेछ । यसका लागि निर्माण टिम पनि उत्साहित बनेको छ ।

निर्माता शैलेश आर सिंहले दुबेको कहानी समाचार गृह तथा अन्य माध्यमबाट संकलन गरिरहेको बताएका छन् ।

केही समयअघि ८ प्रहरीको हत्या गरेको आरोप लागेपछि उनी चर्चामा थिए । त्यसको एक हप्तामा दुबेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले दुबे भाग्न खोजेपछि भएको मुठभेडमा उनको मृत्यु भएको बताएको थियो ।

निर्देशक हंसल मेहताले पनि यो वेब सिरिज बनाउन आफू उत्साहित भएको बताएका छन् । यसलाई उत्कृष्ट राजनीतिक थ्रीलर बनाउने पनि उनले बताएका छन् ।

ग्याङस्टर विकास दुबे ८ प्रहरीको हत्या गरेको अभियोगपछि उत्तर प्रेदशको एक मन्दिरमा लुकेर बसेका थिए । विभिन्न मुद्दा खेपेका दुबेलाई प्रकाउ गर्न गएका प्रहरीले ज्यान गुमाएका थिए ।

प्रहरीले पक्राउ गरेपछि कानपुर जाने क्रममा बीच बाटोमा दुबे भाग्ने प्रयास गरेका थिए । सोही मुठभेडमा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३६ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका