कोरोना संक्रमित बढेपछि गृह मन्त्रालयद्वारा सवारी पास बन्द « Khabarhub

कोरोना संक्रमित बढेपछि गृह मन्त्रालयद्वारा सवारी पास बन्द


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

कोरोना संक्रमण फैलिन सक्ने खतरालाइ मध्यनजर गर्दै केही दिनलाई सवारी पास पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

हालसम्म कोरोनाका कारण ९१ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

श्रेभपोर्ट– संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज,

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।