यूएईस्थित नेपाली दूतावासको चेतावनी : नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्छौ | Khabarhub Khabarhub

यूएईस्थित नेपाली दूतावासको चेतावनी : नेपालीलाई अलपत्र पार्नेलाई कारबाही गर्छौ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : सयुक्त अरब इमिरेट्स युएईलगायत तेस्रो मुलुकमा आकर्षण तलव सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरी भिजिट भिसा वा अन्य भिसामा ल्याई ठग्ने र आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचनाको प्रलोभनमा परी ठगिने क्रम बढेको प्रति यूएईस्थित नेपाली दूतावासको गम्बिर ध्यानाक्रषण भएको जनाएको छ ।

हालै नेपालस्थित एक मेनपावर कम्पनीमा काम गर्ने व्यक्तिले बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई हाल यूएईमा रहेको एक व्यक्तिको जिम्मा लगाएको, तर यूएई आएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारी लगाई दिने भनि पासपोर्ट र अन्य कागजजात समेत सो व्यक्तिले जफत गरेको दूतावासले जनाएको छ ।

तर, उक्त रोजगारीको लागि तयार पारीएको अफर लेटर र भिसा नक्कली भएको जानकारी पाएपछि नेपाल फर्कन आफ्नो पासपोर्ट माग्दा निज व्यक्तिले पासपोर्ट बोलाई सांघातिक हमला गर्न लगाई, पासपोर्ट भने नदिएको र आफू ठगीमा परेको बेहोरा सहितको निवेदन दूतावासलाई प्राप्त भएको जनाएको छ ।

यस किसिमको ठगी धन्दामा सहभागी नहुने सबैलाई अनुरोध गर्दै दूतावासले यस्ता क्रियाकलापमा संलग्न जोहोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

साथै, बैदेशिक रोजगारीमा आउदा आधिकारिक निकायहरुबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन समेत दूतावासले अनुरोध गरेको छ ।

केहि दिन अघि पिडितहरु मनोहर केसी र टिकाराम बोहोराले आफूहरु लगायत अन्य धेरैलाई बेलायत पठाईदिने भन्दै यूएई ल्याएर अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको भन्दै न्यायका लागि दूतावासमा निवेदन दिएका थिए ।

काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापामार्फत ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै अहिले यूएई पुर्याएर अलपत्र पारेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ०९ बजे

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा