ओली–दाहाल वार्ता सकारात्मक भनिए पनि सहमति भएन « Khabarhub

ओली–दाहाल वार्ता सकारात्मक भनिए पनि सहमति भएन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता ठोस निष्कर्ष विनै सकिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर पनि ठोस सहमति भने नभएको जानकारी दिए ।

‘सालाखाला ४ घण्टा अध्यक्षद्वयबीच भएको छलफल समस्या समाधानउन्मुख भएको छ तर, अहिलै ठोस सहमति बनिसकेको छैन, छलफललाई निरन्तरता दिने समझदारी भएको छ,’ सापकोटाले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्ता पौने ३ बजे सकिएको थियो ।

आजको वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भङ्ग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

महामारीका बेला पार्टीभित्र देखिएको खिचातानीले जनमानसमा गलत सन्देश गएको र पार्टी जीवनलाई नै क्षति पुर्‍याउने काम भएकाले समझदारीका साथ अघि बढ्न दुई अध्यक्ष एकमत भएको ओली निकट स्रोतले बताएको छ ।

असार १० सुरु भएको स्थायी कमिटी बैठक निचोड नपुग्दै बीचैमा  भाँडिएपछि नेकपाभित्र गतिरोध उत्पन्न भएको छ ।

ओलीले प्रधानमन्त्री र अध्यष दुईमध्ये एक पद छाड्नुपर्ने दाहालको र कुनै पनि पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद चरमोत्कर्षमा छ । तत्कालै दुबै पद छाड्नुभन्दा चाँडो महाधिवेशन गर्नु उपयुक्त हुने ठानेका ओलीले पछिल्ला छलफलमा नेकपा विवादलाई महाधिवेशनतिर केन्द्रित गराएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ३ : ४७ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न