कोरोना परीक्षण गराएका एक राष्ट्रिय फुटबल खेलाडीमा संक्रमण पुष्टि « Khabarhub

कोरोना परीक्षण गराएका एक राष्ट्रिय फुटबल खेलाडीमा संक्रमण पुष्टि



काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गराएका ३४ खेलाडीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ११ जना खेलाडीसहित २५ जनाको र मंगलवार २३ खेलाडीसहित २९ जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।

मंगलबार पाटन अस्पतालमा कोरोना जाँच गराएका २३ खेलाडी मध्येबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले खबरहबलाई बतायो ।

राष्ट्रिय फुटबल टोलीका खेलाडीमा कोरोना पुष्टि भएपछि अहिले उनको रिपोर्ट स्वास्थ मन्त्रालय पठाइएको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर घरेलु मैदानमा हुने तय भएको खेलका लागि भदौ १ देखि क्याम्प सुरु गर्ने गरी एन्फाले खेलाडीको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

राजधानीबाहिर भएका खेलाडीलाई अभ्यासका लागि काठमाडौं बोलाएको थियो ।

कोरोना परिक्षण गराएका ५३ जनाको नतिजा नेगेटिभ आए पनि एक जनाको नतिजा पोजेटिभ आएको एन्फा स्रोतले जनाएको छ ।

विश्वकप छनोटका खेल फिफा र एएफसीले २०२१ सम्मका लागि स्थगित गरेपछि क्याम्पमा बोलाएका खेलाडीलाई एन्फाले घर फर्काएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क