कोरोना संक्रमितको उपचारका लागि ९४२ आइसीयु, ४९६ भेन्टिलेटर : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारका लागि ९४२ आइसीयु, ४९६ भेन्टिलेटर : स्वास्थ्य मन्त्रालय


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि देशभर ९ सय ४२ आइसीयु र ४ सय ९६ भेन्टिलेटर रहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि सो संख्यामा आइसीयू र भेन्टिलेटर व्यवस्था रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ६ सय ३० आइसीयु र ३ सय ६१ भेन्टिलेटर छन्।

त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७ आइसीयु र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आइसीयु र १७ भेन्टिलेटर, प्रदेश १ मा ४३ आइसीयु र १९ भेन्टिलेटर, कर्णाली प्रदेशमा ४० आइसीयु र १७ भेन्टिलेटर, प्रदेश ५ मा २९ आइसीयु र १३ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा १८ आइसीयु र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । जसमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् भने ९५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ३३ बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी