बैंक तथा वित्तीय संस्थामा 'आलोपालो प्रणाली' लागू गर्न निर्देशन | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्थामा ‘आलोपालो प्रणाली’ लागू गर्न निर्देशन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

बाँकी कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तथा सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङसेवा प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी कर्मचारीलाई आवश्यक परेमा आइसोलेसनमा राख्न र सो को सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ३७ बजे

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई