कोरोना संक्रमित बढेपछि कलंकी, कुलेश्वर र बल्खु क्षेत्र सिल « Khabarhub

कोरोना संक्रमित बढेपछि कलंकी, कुलेश्वर र बल्खु क्षेत्र सिल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिका वडा नम्बर १४ भित्र पर्ने क्षेत्र सिल गरिएको छ।

बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन्।

वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको उनले बताइन् । फुटपाथ र ठेलागाढा व्यवसायसमेत बन्द गरिएको छ ।

फलफूल, तरकारी पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न निर्देशन दिइएको छ। अत्यावश्यक सेवामा समेत सामाजिक दूरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष सापकोटाले बताइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ५४ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने