अपडेट : लिदी पहिरोमा कम्तीमा ३५ बेपत्ता, २७ घर पुरिए | Khabarhub Khabarhub

अपडेट : लिदी पहिरोमा कम्तीमा ३५ बेपत्ता, २७ घर पुरिए

हेलिकोप्टर घटनास्थलमा अवतरण हुन सकेन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले २७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले बताएका छन् ।

प्रहरीले भने एकीन तथ्यांक सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताए ।

स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए ।

यता गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले भने पहिरोमा १३ घर पुरिएको बताएका छन् । पहिरोमा पुरिएका ५ घरका व्यक्तिहरु सम्पर्कविहिन भएको भन्दै अध्यक्ष श्रेष्ठले सम्पर्कविहीन भएका मध्ये १३ जना एकीन भइसकेको बताए ।

१५ जना घाइतेहरु लप्सेचौरमा निस्किएको उनले जानकारी दिए । पहिरोबाट थप ३० घर प्रभावित भएको जानकारी दिँदै उनले माथिबाट पहिरो झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए । तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले आक्रोश पोखे ।

तामाङका अनुसार २६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको उल्लेख गरेको उनले बताए ।

पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको टोली उद्दारका लागि आएपनि घटनास्थल पुग्न नसक्दा चौतारामा हेलिकप्टरको अवतरण गरिएको छ ।

चौतारामा झरेर उद्दारका लागि सभामुखले ४ जना सेना र एक जना इन्जिनियरलाई त्यसतर्फ पठाईएको जनाएको छ । त्यस्तै रेडक्रसले पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : १३ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले