पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ « Khabarhub

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेको छ । उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार बताएकी हुन् ।

उनका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उनले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गरेकी छिन् ।

“पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ।

धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उनको भनाइ छ । उनले भगवानसँग अझै प्रार्थना गरिरहन आग्रह गर्दै प्रार्थना र उपचारले आफ्ना पितालाई पुरै निको हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

नयाँ दिल्ली स्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पताल श्रोतले भने उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पतालले मुखर्जीलाई भेन्टीलेटरको सहयोगमा सघन उपचार गराइरहेको जनाएको छ । उनलाई केही दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ०० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६