अन्तरिम राष्ट्रपति चयनका लागि अल्जेरियामा मंगलबार मतदान « Khabarhub

अन्तरिम राष्ट्रपति चयनका लागि अल्जेरियामा मंगलबार मतदान


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिएपछि अल्जेरियाको संसद्मा नयाँ अन्तरिम राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुने भएको छ ।

अल्जेरियाको संविधानअनुसार नयाँ अन्तरिम राष्ट्रपति चयन गर्न दुबै सदनबाट राष्ट्रपतिको पद खाली रहेको निश्चित गरी माथिल्लो सदनका अध्यक्षलाई स्वीकृत हुनुपर्ने प्रावधान छ ।

यसअनुसार माथिल्लो सदनका अध्यक्ष अब्देलकादेर बेनसलाह अन्तरिम राष्ट्रपतिका उम्मेद्वार छन् । अन्तरिम राष्ट्रपतिले नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनेबेलासम्म बढीमा ३ महिना पदमा रहन पाउने व्यवस्था छ ।

यद्यपि उनी तथा वर्तमान प्रधानमन्त्री नूरद्दिन बदोय र मुलुकको संवैधानिक परिषद्का अध्यक्ष तयब बेलाइजलाई राष्ट्रपति बोटेफ्लिाको नजिक रहँदै आएकाले उनीहरुमाथि पनि पदबाट राजीनामा दिनुपर्ने दबाब रहेको बताइन्छ ।

सन् १९९९ यता राष्ट्रपतिको पदमा रहेका बोटेफ्लिकाले यसै महिना हुने भनिएको राष्ट्रपीय निर्वाचनमा पनि पाचौँ कार्यकालका लागि उम्मेद्वारी दिएपछि उनीविरुद्ध प्रदर्शन हुँदै आएको थियो । प्रदर्शनकारीको दबाबपछि उनले एक साताअघि राजीनामा दिएका थिए ।

यद्यपि प्रदर्शनकारीहरुको माग बोटेफ्लिकामात्र नभई बोटेफ्लिका नजिक रहँदै आएका सबै राजनीतिज्ञले राजनीति छाड्नुपर्ने रहेकाले नयाँ अन्तरिम राष्ट्रपति बेनसलाह पनि दबाबमा रहनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ३१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात