बागलुङको निसीखोलामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु « Khabarhub

बागलुङको निसीखोलामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो ।

पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए।

सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छन्। अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ०२ बजे

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति