इरानको ट्यांकर अमेरिकाको नियन्त्रणमा « Khabarhub

इरानको ट्यांकर अमेरिकाको नियन्त्रणमा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए ।

भेनेजुएलाका लागि इरानी राजदूत होजाड सोल्तानीले तेल ट्याँकर र त्यसका मालिक दुबै इरानी नभएको दाबी गरेका छन्।

गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो ।

अधिकारीहरुका अनुसार मदानीपोरको इरानी क्रान्तिकारी गार्डसँग निकट सम्बन्ध रहेको छ । अमेरिकाले इरानी क्रान्तिकारी गार्डलाई आतंकवादी संस्थाको रुपमा सूचीकृत गरेको छ ।

न्यायाधीवक्ताका अनुसार चारवटा इन्धन ट्याँकरबाट ११ लाख ब्यारेल ग्यास भेनेजुएलातर्फ पठाइएको थियो । तर, यी जहाज भेनेजुएला पुग्न पाएका थिएनन् र बीचमै बेपत्ता भएको ठानिएको थियो । दुई वटा जहाज भने केप भर्ड नजिक पुनः देखा परेका थिए ।

बेल्ला, बेरिङ, पान्डी र लुना नाम गरेका यी चारवटा जहाज वा त्यसमा रहेको कार्गोका विषयमा हाल केही स्पष्ट हुन सकेको छैन । जहाजका क्याप्टेनहरुले पनि एक साताअघिदेखि नै आफ्ना ट्राकिङ उपकरण बन्द गरिदिएका छन् ।

अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्ने अमेरिकाले चेतावनी पनि दिएको छ ।

अमेरिकी प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय व्यापारिक समूहसँगको कारोबार घट्न थालेपछि पछिल्लो समय भेनेजुएलाको निकोलास मदुरो सरकारले इरानसँग सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ ।

गत मे महिनामा मदुरोले पाँचवटा इरानी पानीजहाजबाट इरानी इन्धन आफ्नो देश आइपुगेको भन्दै खुशी व्यक्त गरेका छन्। त्यसबखत राजधानी काराकास सहित प्रमुख शहर बजारमा तेलका लागि मानिसहरुलाई लामो लाइन बस्नु परेको थियो  ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ०४ बजे

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध