दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ « Khabarhub

दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो।

उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ३ : ३३ बजे

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने