ओली-मोदी टेलिफोन वार्ता, द्विपक्षीय विषयमा छलफल गर्न सहमत | Khabarhub Khabarhub

ओली-मोदी टेलिफोन वार्ता, द्विपक्षीय विषयमा छलफल गर्न सहमत


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार अपराह्न टेलिफोन कुराकानी गर्दै निकट भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उनीमार्फत भारत सरकार र  जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

‘स्वतन्त्रता दिवसका अवसरमा आज गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताएकोमा प्रधानमन्त्री ओलीले सराहना गरे’, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरे ।’

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्री कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् ।

महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले  कोभिड–१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेमा जोड दिए ।

उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको बताइएको छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति

Nepal and India

Press Release

Prime Minister Rt. Hon. Mr. K P Sharma Oli held a telephone conversation with His Excellency Prime Minister of India Shri Narendra Modi this afternoon.

The Prime Minister of Nepal recalled his earlier conversation with Prime Minister Modi on 10 April 2020.

The Prime Minister of Nepal extended, on behalf of the Government and people of Nepal and on his own behalf, hearty congratulations on the occasion of the 74th Independence Day of India to Prime Minister Modi and through him to the Government and people of India. He also expressed best wishes for the continued progress and prosperity of the people of India.

Prime Minister Oli appreciated Prime Minister Modi’s renewed priority to neighborhood as spelt out in today’s Independence Day address. The Prime Minister of Nepal looked forward to meaningful bilateral cooperation.

The two Prime Ministers exchanged views on the latest efforts in the fight against COVID-19 and agreed to work together in this area. The Prime Minister of Nepal highlighted the efforts of the Government of Nepal against the pandemic and protect the life of the people. While underlining the need for early development of anti-COVID vaccine, the Prime Minister of Nepal expressed hope that scientists around the world, including in India, would be able to develop it that will contribute to control and prevent the disease from spreading further.

Prime Minister Oli also congratulated Prime Minister Modi on India’s election to a non-permanent member of the UN Security Council and expressed best wishes for the successful discharge of this important responsibility.

The two Prime Ministers agreed to continue discussions on bilateral matters in the future.

Ministry of Foreign Affairs
Singh Durbar
Kathmandu

15 August 2020

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : २६ बजे

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार