भारतीय क्रिकेटर सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा « Khabarhub

भारतीय क्रिकेटर सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् ।

पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केहि समयपछि रैनाले सन्यास घोषणा गरेका हुन् ।

पूर्वकप्तान महेन्द्र सिंह धोनीसहितको फोटो इन्स्टाग्राममा राख्दै सन्यासको घोषणा गरेका हुन्।

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।

भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने गर्छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ११ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल