नेपाल प्रहरीका डिआईजीमा पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

नेपाल प्रहरीका डिआईजीमा पनि कोरोना संक्रमण पुष्टि


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । शनिबारसम्म ५५१ जनामा कोभिड–१९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए । स्याङजा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङजाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ करिब ४० प्रहरी कार्यरत छन् ।

सामाखुशीस्थित विपद् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ । संक्रमण बढ्दै गएकोले सर्वसाधरणलाई समेत त्यहाँ राख्ने गरी आइसोलेसन वार्ड बनाउन लागिएको छ ।

सरकारले प्रहरी अस्पताललाई कोभिड–१९ उपचारका लागि लेभल–२ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ हाल १० वटा आईसियु रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भएपनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : १२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल