मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरूद्ध « Khabarhub

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरूद्ध


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अविरल वर्षाले राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ ।

बागलुङ खण्डअन्तर्गतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको अविरल वर्षाले निसीखोला गाउँपालिकाको एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

निसीखोला क्षेत्रमा ठूलो पहिरो खसेकाले शनिबारदेखि लोकमार्ग अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

स्थानीय मानबहादुर कार्कीका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

बुर्तीवाङ बजारदेखि निसीखोला गाउँपालिका–५ को बडावनखोलासम्मको खण्डमा दर्जनभन्दा बढी पहिरो खसेका कारण लोकमार्ग अबरुद्ध भएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

वर्षाले कारण मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने कामसमेत प्रभावित बनेको छ । धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको उनको भनाइ छ ।

लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए । लोकमार्ग अबरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रूकुम रोल्पा जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ३२ बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको