बाढीपहिरो पीडितका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख « Khabarhub

बाढीपहिरो पीडितका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहतका लागि विभिन्न ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ पठाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले बाढी पहिरोका कारण भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई सहयोग पुयाउन भन्दै प्रतिजिल्ला डेढ लाख रुपैयाँका दरले ४५ लाख रुपैया पठाएको हो ।

जिल्ला कार्यसमितिका नाममा पठाइएको रकम बाढी पहिरोका कारण क्षति भएकाहरुलाई राहत वितरणमा खर्च हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘स्नेहको सानो सहयोग’का रुपमा कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा सहयोग पठाएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  २ : ४५ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान