बाढीपहिरो पीडितका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख « Khabarhub

बाढीपहिरो पीडितका लागि कांग्रेसले ३० जिल्लामा पठायो ४५ लाख


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहतका लागि विभिन्न ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ पठाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले बाढी पहिरोका कारण भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई सहयोग पुयाउन भन्दै प्रतिजिल्ला डेढ लाख रुपैयाँका दरले ४५ लाख रुपैया पठाएको हो ।

जिल्ला कार्यसमितिका नाममा पठाइएको रकम बाढी पहिरोका कारण क्षति भएकाहरुलाई राहत वितरणमा खर्च हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘स्नेहको सानो सहयोग’का रुपमा कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा सहयोग पठाएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  २ : ४५ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर