प्रादेशिक अस्पतालमा पहिलोपटक स्मार्ट ल्याब « Khabarhub

प्रादेशिक अस्पतालमा पहिलोपटक स्मार्ट ल्याब


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

“हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उनले भने “त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।”

करीब ३ करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उनले बताए । ल्याबका  सबै काम कम्प्युटर प्रणालीबाट हुने उनको भनाइ छ । “हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रुपमा परिचित बनाउने योजना बनाएका छौँ”, उनले भने, “स्मार्ट ल्याव शुरु हुनेबित्तिकै अमेरिकालगायत ठूला देशमा गरिने ल्याव तुलसीपुरमै हुन्छ ।”

साथै उनले तुलसीपुरमा मोतियाविन्दुको समस्या निराकरण गर्ने योजनाअनुसार अघि बढेको बताए । “हामीले मोतियाविन्दुमुक्त तुलसीपुर बनाउन मुख्यमन्त्री, आँखा रोग विशेषज्ञ सन्दुक रुइतको हातबाट कार्यक्रम उद्घाटन गर्‍यौँ,” उनले भने।

साथै बिरामीका लागि ‘स्मार्ट हेल्थ कार्ड’ ल्याउने योजना रहेको बताइएको छ । उक्त कार्ड ल्याएपछि जुनकुनै अस्पतालमा बिरामी गएर उपचार गराए पनि त्यसको विगत उपचार तथा रोगको बारेमा जानकारी हुने खालको बिरामी कार्ड ल्याउने योजना बनाइएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १२ : १६ बजे

‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै

रास्वपा काठमाडौँ सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा

आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा

ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको