राष्ट्रकवि घिमिरेको अन्त्यष्टि बुधबार « Khabarhub

राष्ट्रकवि घिमिरेको अन्त्यष्टि बुधबार


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे हुने भएको छ ।

मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ ।

घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।

यसैबीच राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : १४ बजे

इरानमाथि आक्रमणबारे अमेरिकी संसद्मा चर्को बहस, सांसद मोल्टनले भने- हामी यो युद्ध हार्दैछौं

वाशिङ्टन- अमेरिकामा इरान युद्धबारे संसदीय सुनुवाइ चलिरहेको छ। इरानमाथि हमला

अवैध लागूऔषधसहित १७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

बेइजिङ भ्रमणमा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मुख्य मुद्दा

इजिङ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणका क्रममा ऊर्जा सुरक्षा

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्‍यो सिल

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चिनियाँ राष्ट्रपतिको चेतावनी : मध्यपूर्व द्वन्द्व नरोकिए क्षेत्रीय अस्थिरता थप बढ्न सक्छ

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको