राष्ट्रकवि घिमिरेको अन्त्यष्टि बुधबार « Khabarhub

राष्ट्रकवि घिमिरेको अन्त्यष्टि बुधबार


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे हुने भएको छ ।

मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ ।

घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।

यसैबीच राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना