जाजरकोटमा चट्याङ लागेर एकको मृत्यु | Khabarhub Khabarhub

जाजरकोटमा चट्याङ लागेर एकको मृत्यु


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ ।

भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।

यस्तै भीषण वर्षाका कारण वडा नं ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १५० घर पहिराको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिए । केही घर चर्किएका छन् । पहिराको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनले बताए ।

बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ । पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर छेडागाड नगरपालिका–१३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन वर्षीय छोरा सुमन विकको आज बिहान परेको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङले घरमुली वीरबहादुरसहित उनकी बुहारी वृद्धकला परियार र परिवारका अन्य तीन जना घाइते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ४१ बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक