आन्दोलनमा उत्रिएका सरकारी डाक्टरलाई कारबाही हुने « Khabarhub

आन्दोलनमा उत्रिएका सरकारी डाक्टरलाई कारबाही हुने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकलाई कारबाही गरिने बताएका छन् । मन्त्री यादवले अस्पताल बन्द गरेर बिरामीको उपचार नगर्नेहरु चिकित्सक नै नभएको बताए । स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले चिकित्सकको कर्तव्य बिरामीको उपचार गर्ने भएकाले उपचार नगर्ने डाक्टर डाक्टर नै नभएको बताए ।

‘डाक्टरको कामा बिरामीको उपचारका गर्नु हो । उपचार नगर्ने डाक्टर त डाक्टर नै हुँदैन,’ मन्त्री यादवले भने, ‘अस्पतालमा जान्न भन्ने पनि कहिँ डाक्टर हुन्छ ? गाउँमा जान्न सहरमा मात्र बस्छु भन्ने डाक्टर हुन्छ ?’

काठमाडौंमै बस्न चाहने चिकित्सकको प्रवृत्ति गलत भएको मन्त्री यादवको भनाइ छ । जनतालाई उपचारको आवश्यकता परेको ठाउँमा जानुपर्ने डाक्टरको कर्तव्य भएको भन्दै मन्त्री यादवले सरकारले खटाएको ठाउँमा नजाने चिकित्सकलाई कारबाही हुने बताए । चिकित्सकहरुको आन्दोलन संघीयता विरोधी षड्यन्त्र भएको भन्दै मन्त्री यादवले त्यो स्वीकार्य नहुने समेत बताए ।

उनले भने, ‘संघीयताको विरोधमा कुनै पनि खालका षड्यन्त्र स्वीकार हुँदैनन्, जनता त गाउँमा बस्छन्, गाउँमा अस्पताल छ, गाउँमा उपचार गर्न जानुपर्छ ।’

कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकहरुले आज (सोमबार) पनि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् ।

शुक्रबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुको आन्दोलनका कारण बिरामीले सास्ती खेपीरहेका छन् ।

चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले माग पूरा नभएसम्म अस्पताल बन्दको कार्यक्रमा जारी रहने जनाएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ५३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री