राजधानी कब्जा गर्ने सैनिक अभियानका क्रममा लिबियामा भिडन्त, ४६ जना मारिए « Khabarhub

राजधानी कब्जा गर्ने सैनिक अभियानका क्रममा लिबियामा भिडन्त, ४६ जना मारिए


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तार नेतृत्वको सैनिक सरकार र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारप्रति वफादार सेनाबीच भिडन्त भएको छ ।

मुलुकको अधिकांश भूभाग कब्जा गर्दै राजधानी त्रिपोलीतर्फ अघि बढिरहेको हफ्तार नेतृत्वको सैनिक सरकारका फौज र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाबीच राजधानी त्रिपोली वरपर रहेको क्षेत्रमा भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिडन्तमा ४६ जना माएिका छन् ।

भिडन्तका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनातर्फ ३२ जनाको ज्यान गएको छ भने हफ्तार नेतृत्वको सरकारप्रति वफादार सेनातर्फ १४ सैनिकको ज्यान गएको बताइएको छ । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् ।

पछिल्लो समय हफ्तार नेतृत्वको सरकारले पूरै लिबियाली भूभागमा आफ्नो नियन्त्रण स्थापना गर्ने उद्देश्यले अघि बढिरहेको छ । निकै सानो भू–भागमा मात्र आफ्नो प्रशासन चलाउने क्षमता रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाली सरकार भने हफ्तारको आक्रमणको प्रतिकार गर्न निरिह रहेको भन्ने आलोचना समेत शुरु भएको बताइएको छ ।

यस्तो अवस्थामा धेरैवटा गुट उपगुटमा विभाजित त्रिपोलीका लडाकुलाई फकाउने र आफ्नो पक्षमा परी हफ्तार नेतृत्वको फौजले त्रिपोलीमा आफ्नो पकड अझ मजबुत बनाउन खोजिरहेको बताइन्छ ।

अन्तर्राष्ट्रिय रुपमा सघन कुटनीतिक कदमहरु चालिएपनि पछिल्लो समय लिबियामा भिडन्तहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै संयुक्त राष्ट्रसंघका महानसचिव एन्टोनियो गुटरेजले लिबियाको भ्रमण गरी दुबै पक्षलाई हिंसा अन्त्य गर्न आह्वान गरेका थिए ।

तत्कालीन लिबियाली शासक मोअम्मर गद्धाफीको शासन पतन भएपछि राजनीतिक तथा क्षेत्रीय प्रभावका विषयलाई लिएर लिबियामा विभिन्न समूह, गुट र उपगुटबीच भिडन्त हुँदै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ३ : २२ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब