सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुईजना जेल चलान « Khabarhub

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुईजना जेल चलान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

साथै अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ ।

गत साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई अपराध अनुसन्धान महाशाखाको टोलीले २४ घण्टाभित्रै पक्राउ गरेको थियो ।

डेराबाट दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रामाथि एसिड हान्ने मुन्नाले आलमको निर्देशनमा आफूले एसिड प्रहार गरेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ०३ बजे

गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन

काठमाडौं-औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड नपुगेको भन्दै ओन्डाट्रोन–४ नामक औषधि

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुर– कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन