कोरोना संक्रमण कम गर्न कञ्चनपुरमा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमण कम गर्न कञ्चनपुरमा निषेधाज्ञा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

“बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ”, प्रजिअ खतिवडाले भने, “सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो ।”

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए ।

पिसीआर मेसिन हस्तान्तरणको तयारी

जिल्लामै कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको छ ।

मुलुकमा बढ्दै गइरहेको सङ्क्रमण न्यूनीकरणका लागि परीक्षणलाई व्यापक बनाउन नगरपालिकाले आफ्नै लगानीमा पिसीआर मेसिन खरिद गरेको नगरपालिका कार्यालयका खरिद एकाइका प्रमुख इन्जिनियर हिमालयसिंह ऐरले जानकारी दिए ।

उनले नगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाअनुसार सुदीप इन्टरनेशनलले रु ३८ लाखमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको बताए ।

नगरपालिकाले केही दिनभित्रै महाकाली अस्पताललाई मेसिन सञ्चालनका लागि हस्तान्तरण गर्ने जनाएको छ । “प्रक्रिया पुर्‍याउनुका साथै विज्ञसित मेसिन जाँच गराएर सञ्चालनका लागि अस्पताललाई दिने तयारी छ”, उनले भने, “सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालन हुनेछ ।”

जिल्लामै प्रयोगशाला सञ्चालनमा आए काम गर्न सहज हुने कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए । यसअघि यहाँबाट स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाउने गरिएको थियो ।

“मेसिन सञ्चालनमा आए धेरै सहज हुने थियो”, उनले भने, “अहिले यहाँको ४०० स्वाबको रिपोर्ट आउन बाँकी छ ।”

कञ्चनपुरमा हालसम्म ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ५८५ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान