देवदहमा मृत्यु भएका पुरूषमा पनि देखियो कोरोना « Khabarhub

देवदहमा मृत्यु भएका पुरूषमा पनि देखियो कोरोना


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपन्देहीको देवदहमा बुधवार ज्यान गुमाएका पुरुषमा कोरोना संक्रमण भएको देखिएको छ ।

देवदह नगरपालिका–९ भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचाररत देवदह–३ सिसपुरका ७० वर्षीय पुरुषको बुधवार मृत्यु भएको थियो ।

मृतकको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती पुरुष लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र पक्षघातका बिरामी रहेको उनका आफन्तले जनाएका छन् ।

कोरोना देखिएका ती पुरुषको नेपाली सेनाले दाह संस्कार गर्ने भएको छ । योसँगै देवदह नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना संक्रमण बढेपछि देवदह नगरपालिकामा लकडाउन गरिएको छ भने सिसपुरलाई सिल गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ३१ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर