भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३५ नियन्त्रणमा | Khabarhub Khabarhub

भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३५ नियन्त्रणमा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रहरीले आज भक्तपुरमा निषेधाज्ञा अवज्ञा गर्ने ५ सय ३५ जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले निषेधाज्ञाको पहिलो दिन भक्तपुरमा विनाकाम सडकमा निस्किने ५ सय ३५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै होल्ड गरेर उभ्याउने गरेको छ ।

त्यसैगरी भक्तपुरमा प्रहरीले १८४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जनाएको छ ।  सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई सडकमै होल्ड गराएको थियो ।

कोरोना भाइरसको जोखिम बढेपछि स्थानीय प्रशासनले गएराति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ३२ बजे

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा