अष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिइन तीजको शुभकामना « Khabarhub

अष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिइन तीजको शुभकामना


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- आज हरितालिका तीज पर्व मनाइँदै छ । विगतका वर्षहरुमा शिवालयमा विहानैबाट भक्तजनको भीड लाग्ने भए पनि यो वर्ष कोरोना महामारीका कारण सुनसान छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मठ मन्दिर खोल्न तथा भीडभाडमा रोक लगाएका कारण महिला दिदीबहिनीहरु घरघरमै तीज मनाइरहेका छन् ।

नेपाली महिलाहरुका लागि तीज विशेष पर्व भएको हुँदा विदेशिहरुले समेत तीजका अवसरमा शुभकामना दिने गरेका छन् । कोरोना कहरले उसैपनि यो वर्षको तीज शुभकामना मै सीमित बनेको अवस्था छ ।

यसैबीच  साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले हिन्दू नारीहरुको महान पर्व तीजको शुभकामना दिएकी छन् । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दू नारीलाई तीजको शुभकामना दिएकी हुन् ।

शुभकामना सन्देशमा लीले लेखेकी छिन-‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाइन्छ ।’

उनले सबै महिला मिलेर यो पर्व मनाउन आग्रह गर्दै नारी सशक्तिकरण यो पर्वले महत्वपूर्ण योगदान पुर्‍याउन भूमिका निभाउने बताएकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

सन् २०१० मा लिवरल पार्टीबाट सांसद बनेकी ली साउथ अष्ट्रेलियाका प्रिमियरकी सहायक मन्त्री पनि हुन् । लीले सन् २०१७ मा नेपाल भ्रमण गरेकी थिइन् ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बेरीले भनेका छन्, ‘युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।’

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०१ बजे

परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ

सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ

काठमाडौं- नेपाली सेनाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

काठमाडौं– प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ

पार्सल तथा उपहार पठाउने नाममा ठगी गरेको आरोपमा लिम्बू पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा

रोकियो सेयर बजारको गिरावट 

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार