मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी « Khabarhub

मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी



नवलपुर । नवलपरासीपूर्वी कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालल नै सिल गर्ने तयारी गरिएको छ ।

कावासोती नगरपालिका १६ का ४० वर्षीय पुरुष केही दिनअघिदेखि बिरामी भएर जिल्ला अस्पताल भर्ना भएका थिए ।

उनीसँगै आकस्मिक कक्षमा अन्य बिरामीहरु पनि छन् । ज्वरो आएर अस्पताल भर्ना भएका ती ब्यक्तिलाई अस्पतालका सबै चिकित्सकहरुले हेर्दै आएका थिए ।

अन्य बिरामीसरह नै उपचार भइरहेका ती बिरामीको २ दिनअघि स्वाब लिएर परीक्षणका लागि चितवन पठाइएको थियो । शुक्रबार बिहान आएको रिपोर्टमा ती ब्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि बिहानै अस्पतालको आइसोलेशनमा सारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले बताए ।

कोरोना पोजेटिभ देखिएका कावासोती नगरपालिका १६ डण्डा निवासी ती ब्यक्ति स्थानीय ब्यापारीसमेत हुन् । उनलाई संक्रमण देखिएपछि अस्पतालमा ओपीडी सेवा र भर्ना बन्द गरिएको छ ।

थप तयारीबारे अस्पताल ब्यवस्थापन समितिसहित जिल्लाका स्वास्थ्य अधिकारीहरुबीच छलफल भइरहेको अस्पतालका अध्यक्ष डा. गोपाल खनालले जानकारी दिए । शुक्रबार १ जना संक्रमित थपिएसँगै नवलपरासीपूर्वमा कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०५ बजे

१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १