पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड-१९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको निर्देशक शाक्यले बताए ।

यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ५३ बजे

‘सञ्चारमाध्यमले निष्पक्षतापूर्वक समाचार सम्प्रेषण गर्नुपर्छ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले सूचना प्रणालीलाई बलियो

बर्दिबासमा दोस्रो मेयर कप आयोजना

महाेत्तरी– मधेश प्रदेशका पालिकाहरूले खेलकुदको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका

यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी, पर्यटकका लागि नयाँ गन्तव्य

चितवन – यहाँको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ ।

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने 

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा